कोभिड खोप आज चौथोदिन २२४ जनालाई

भद्रपुर १७ माघ । झापामा कोभिड १९ बिरुद्धको खोप आज चौथोदिन २२४ जनालाइ लगाइएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसमा १४१ जना महिला र ८३ जना पुरुष रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार, मेची प्रादेशिक अस्पताल भद्रपुरमा ७४ जना, अनारमनि नगरअस्पतालमा ८० जना र दमक अस्पतालमा ७० जनालाइ खोप लगाइएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज झापामा कोरोना संक्रमण पोजेटिभको संख्या शुन्य रहेको छ ।