नेपालमा आज थपिए ३३९ जना संक्रमित

काठमाडौं १२ माघ । पछिल्लो २४ घण्टामा मुलुकभर थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार सोमबार चार हजार ८५८ जनाको कोरोना परीक्षण गरिएको थियो ।

बितेको २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाकै कारण मृत्यु हुनेको संख्या दुई हजार ११ जना पुगेको छ ।