आरोही इन्भेष्टमेन्टको प्रथम साधारण सम्पन्न
भद्रपुर, १० माघ । आरोही इन्भेष्ट मेन्ट कम्पनी प्रा.लिको प्रथम साधारण सभा सम्पन्न गरिएको छ ।
कम्पनीका अध्यक्ष रमेश पोखरेलको सभापतित्व तथा प्रदेश नं. १ आर्थिक मामिला मन्त्रालयका सह-सचिव पंकज भुर्तेलको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।
कम्पनीको वार्षिक गतिविधि प्रबन्ध निर्देशक प्रकाश भण्डारी तथा साँगठनिक अवस्था अध्यक्ष रमेश पोखरेलले प्रस्तुत गर्दै प्रष्ट पारेका थिए ।
कार्यक्रमको प्रकाश रमेश भण्डारीले पारेको कार्यक्रममा मनोज तिम्सिनाले शुभकामना मन्तव्य राखेका थिए । भरत प्रसाईले सञ्चालन गरेको कार्यक्रममा सम्पूर्ण शेयर सदस्य र परिवारलाई मायाको चिनो प्रदान गरिएको थियो । हल्दिवारी स्थित भेलागढी सामुदायिक वनको सिमसार क्षेत्रमा सम्पन्न कार्यक्रममा वनभोज समेत गरिएको थियो ।
शेयर धनी विगम श्रेष्ठ नेपाल जेसीजको ४७ औं महाधिवेशनबाट सर्वसम्मत रूपमा पारित भइ बाह्रदशी जसीजको संस्थापक अध्यक्षमा निर्वाचित हुनु भएकोमा बधाई ज्ञापन गर्दै सफलताको लागि शुभकामना व्यक्त गरिएको थियो ।