गौरीगंज गाउँपालिकाको आठौँ गाउँसभा

गौरीगंज ७ माघ । गौरीगंज गाउँपालिकाको आठौँ गाउँसभाको खुल्ला सत्र सम्पन्न भएको छ । गाउँपालिकाका सभाहलमा आज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

खुला सत्रमा गाउँपालपकाका अध्यक्ष बाबुराजा श्रेष्ठले गौरीगंज गाउँपालिका विकास निर्माण कार्यमा फड्को मारेको बताएका थिए । गौरीगंज गाउँवासीलाई जन्मदेखि मृत्युसम्म राहत सहयोगको व्यवस्था गरेको भन्दै अध्यक्ष श्रेष्ठले १ देखि ६ सम्मकै वडालाई जनसंख्या र भुगोलको आधारमा सिलिङ्ग वजेट विनियोजन गरेको बताए । सबै क्षेत्रलाई समानुपातिक ढंगले बजेट प्रक्षेपण गरेको र आठौंगाउँसभामा २१ वटा थप योजना तथा कार्यक्रमहरू समावेश गरिएको जानकारी गराए । आज सम्पन्न भएको आठौ गाउँसभाबाट थप २१ वटा योजना तथा कार्यक्रमहरूको करिब ६४ लाख ७५ हजार रूपैयाँको बजेट थप हुने भएको हो ।

गाउँपालिकाका उपाध्यक्ष दिपिन्द्र थापाले स्वागत गरेका थिए । गाउँपालिकाले एकल अधिकार अन्तर्गत निर्माण गर्न हुने सबै ऐन, कानुन, कार्यविधि र नियमावली बनिसकेको र साझेदारीमा संघ र प्रदेशसंगको समन्वयकोमा निर्माण गर्ने कानुनहरू मात्र रहेको उपाध्यक्ष थापाले बताएका थिए ।

आर्थिक वर्ष २०७७।७८ को करिब ६ महिनामा ३सय ७९ वटा योजना तथा कार्यक्रमहरू मध्ये २ सय ९९ वटा योजना तथा कार्यक्रमहरू अघि बढ्न सकेका छैनन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राजु दाहालले पुजीगततर्फको ३१ करोड ३२ लाख रूपैयाँको ३ सय ७९ वटा योजना तथा कार्यक्रममा २५ प्रतिशतमात्र गाउँपालिकाको ६ महिनाको कार्य सम्पादन भएको संक्षिप्त प्रगति विवरण सुनाए ।

गौरीगंज गाउँपालिका वार्ड नं. १ का अध्यक्ष कार्तिकलाल राजवंशीले गाउँपालिकाले सबै वडाहरूलाई समानुपातिकरूपमा वजेट विनियोजन नगरेको आरोप लगाउदै वार्ड नं. १ को बजारहरूको डिपीआर शहरी विकास कार्यक्रम अन्तर्गत नपरेको गुनासो गरेका थिए । गौरीगंज गाउँपालिकाको समग्र विकासलाई तीन प्रकारले व्याख्या गर्दै वडा अध्यक्ष राजवंशीले गौरीगंजको विकासको मोडललाई अध्यात्मिक ढंगले चर्चा गरेका थिए । त्यसैगरी गाउँसभाको दुल्ला सत्रमा वार्ड नं. २ का वडा अध्यक्ष अघ्नु प्रसाद राजवंशीले योजना संशोधन र थप वजेटको आठौ अधिवेशन भएको टिप्पणी गर्दै कार्यपालिकाको वैठकमा निर्णय भएको कतिपय विषयहरू कार्यान्वयन नभएको दुःखेसो पोखे ।

गौरीगंज गाउँपालिका वार्ड नं. ३ का वडा अध्यक्ष मखना महतोले आठौ गाउँसभालाई सम्बोधन गर्दै कर्मचारी र जनप्रतिनिधिको नङ्ग र मासुको सम्बन्ध भएको बताउँदै कर्मचारी र जनप्रतिनिधि मिलेर गाउँपालिकाको विकासमा लाग्नु पर्ने सुझाव दिए । वजेट रकमान्तर र अधुरो अपुरो रहेका योजनाहरूको कार्यन्वय गर्न आठौंं गाउँसभा महत्त्वपूर्ण भएको हुदाँ सबैले सहयोग गर्नु पर्ने वडा अध्यक्ष महतोले बताएका थिए ।

वडा नं. ४ का अध्यक्ष कुलप्रसाद गिरीले गाउँपालिकाले वजेट विनियोजनमा वार्ड नं. ४ लाई कञ्जुस्याई गरेको भन्दै सबै वडाका बजारहरूलाई समानुपातिकरूपमा वजेट विनियोजन गर्नु पर्ने बताएका थिए । वडा नं. ५ वडा अध्यक्ष विजय प्रसाद सिंह गन्गाईले हरेक वर्ष वार्ड नं. ५ लाई कम बजेट परेको भन्दै गुनासो पोखेका थिए । वार्ड नं. ५ मा कम वजेट परेपनि वार्डको विकासमा आफु सहकार्य गरेर अघि बढेको भन्दै वडा अध्यक्ष सिंहले वडामा एनसेल र एनटिसीको टावरको आवश्यकता रहेको बताएका थिए । गाउँसभाको खुल्ला सत्रमा कर्मचारीको तर्फबाट अधिकृत विरेन्द्र खड्काले कार्यालयहरूमा सुशासन कायम राख्न मानव संशाधनको व्यवस्थापनमा जोड दिनु पर्ने बताएका थिए ।