गौरीगंज गाउँपालिकामा स्थानीयतहमै पाठ्यक्रम निर्माण
भद्रपुर २२ पुस । झापाको सुदूर दक्षिणपश्चिममा रहेको गौरीगंज गाउँपालिकाले स्थानीयतहमै पाठ्यक्रम विकास तथा निर्माण कार्यको शुरूवात गरेको छ ।
गाउँपालिकाका उपाध्यक्ष तथा शिक्षा समिति संयोजक दिपिन्द्र थापाको संयोजकत्वमा ९ सदस्यीय पाठ्यक्रम विकास तथा निर्माण समन्वय समिति गठन भएको छ । समितिलाई हामी र हाम्रो स्थानीय तह, हाम्रो नैतिक मुल्यमान्यता, स्थानीय तहको भाषा, संस्कृति, रहनसहन र विपत्त तथा व्यवस्थापन विषयमा प्राम्भिक लेखन मसौदाका लागि जिम्मेवारी दिएको शिक्षा शाखा प्रमुख सुशील दाहालले जानकारी दिएका छन् । स्थानीय आवश्यकता, स्थानीय विषयवस्तु, स्थानीय सहभागिता र विज्ञता, स्थानिय भाषा , संस्कृति, रहनसहन, पार्यावरण, योगा तथा व्यायाम, भुगोल, परम्परा, मुल्यमान्यतालगायतलाई ध्यानमा राखेर पाठ्यक्रम र पुस्तक तयार गरिने जनाईएको छ ।
सरकारले प्रत्येक स्थानीयतहहरूमा अनिवार्य स्थानिय परिवेसमा पाठ्यक्रम विकास र निर्माण गर्न भनेपछि गौरीगंजले यसको पुर्णताका लागि शुरूवात गरेबो हो । सरकारले प्रत्येक स्थानियतहलाई कक्षा १ देखि कक्षा ८ सम्म अनिवार्य स्थानिय पाठ्यक्रम विकास र निर्माण गर्न भनेको छ । पहिलो चरणमा गौरीगंज गाउँपालिकाले कक्षा १ देखि ५ सम्मलाई स्थानिय पाठ्यक्रम निर्माण गर्न लागेको हो । शिक्षा शाखा गौरीगंजका अधिकृत केशव भट्टराईले स्थानियरूपमै चरणवद्व आवश्यक छलफल, विचार विमर्श र सुझाव संकलन गरी आवश्यताका आधारमा मसौदा लेखन समिति, विज्ञ समितिलगायत विषयगत समिति निर्माण गरिने छ ।