मेची अस्पतालको डायलसिस सेवा व्यपार भएको गुनासो
भद्रपुर, १७ पौष । सरकारले मृगौला रोगीको उपचार निशुल्क गर्ने भने पनि घुमाउरो बाटोबाट व्यापार सुरू गरेको पीडितहरूको गुनासो छ ।
मृगौला रोगीलाई डाइलसिस सेवा निशुल्क दिइरहेको भद्रपुर स्थित मेची अस्पतालले सरकारी सेवालाई निजी व्यापारिक समूहको जिम्मा लगाएपछि सरकार नै व्यापारमा लागेको पीडितहरूको गुनासो आएको हो ।
दीर्घ रोगका रूपमा रहेको मृगौला रोग पीडितले विगतमा निशुल्क सेवा लिइरहेको भए पनि सरकारी निर्णय भन्दै विराट हेल्थ कियरलाई ५ वर्षका लागि डाइलसिस सेवा ठेक्कामा दिएपछि घुमाउरो बाटोबाट शुल्क असुल्न थालेको पीडितहरूको भनाइ छ ।
पछिल्लो पटक सेवाग्राहीबाट प्रतिपटक विना कारण दुई सयसम्म असुल्न थालिएको उनीहरूको गुनासो छ ।
यता अस्पताल प्रशासन भने सेवा प्रवाह मात्र सरकारले ठेक्कामा लगाएकोले कुनै पनि शुल्क नलाग्ने दाबी गर्दै अझ राम्रो व्यवस्थापन रहेको बताउँदै आएको छ ।