नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा अरुणेश्वर खनाल विजयी
रूपन्देही । नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा चितवन जेसीजका अरुणेश्वर खनाल विजयी भएका छन् । रूपन्देहीको भलवारीमा सम्पन्न ४७ औं राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२१ को नेतृत्वको लागि उनी विजयी भएका हुन् ।
उनले एक हजार ९० मत ल्याएर विजयी भएका थिए । खनालले एक हजार ९० मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी लालमणि भण्डारीले पाँच सय १२ मत मात्र पाए । यसअघिको अध्यक्ष दौडमा पराजित भए पनि यसपालिको महाधिवेशनमा खनालले आधाभन्दा बढी मतान्तरले जित हासिल गरे । दोस्रोपटक अध्यक्षको दौडमा उत्रिएका खनालले यसअघि नेपाल जेसीजमा कार्यकारी उपाध्यक्ष, महासचिव लगायतका पदमा काम गरिसकेका छन् ।
नेपाल जेसिजको कार्यकारिणी उपाध्यक्षमा १००३ मतसहित सुमन कृष्ण श्रेष्ठ क्रमशः अरूण कुमार दाहाल ९९९, भोजराज चापागाईं ९४८ , शिव प्रसाद भुसाल ६७८ मतसहित विजयी भए । राष्ट्रिय उपाध्यक्ष पदका लागि मनोहरा जेसीज रजनी थापा १२३६, कल्पना, पाण्डे कुसुम १०३०, तरहरा जेसीजका सुनिल तिमल्सिना ८१८, सैनामैना जेसीजका बिमल ज्ञवाली ७६७, दुहबी जेसीज, बिमला सुवेदी कार्की ७६४, शारदा नगर जेसीजकी प्रमिशा काफ्ले ७२०, म्याग्दी जेसीजका सुजन बरूवाल ७१८ रजहर जेसीजका राजन गौतम ७०१, लमजुङ जेसिजकी पायल शर्मा ६७३ , धरान जेसीजका दिपेन्द्र निरौला ६१२, नारायणगढ जेसीजका अनोज जोशी ६०२, जनकपुर जेसीजका गौतम शाह ५९० विजयी भएका छन् ।
महाधिवेशनमा देशभरिबाट करिब दुई हजार प्रतिनिधि रूपन्देहीमा भेला भएका थिए । बुधबारदेखि रूपन्देहीमा सुरू भएको राष्ट्रिय महाधिवेशनमा १७ पदका लागि ४८ जनाको उम्मेदवारी दिएका थिए ।