झापामा आज थपिए १२ जना संक्रमित

भद्रपुर ३० मंसिर । झापामा आज ७ महिला र ५ पुरुष गरी १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जसअनुसार, भद्रपुरमा २ जना, बिर्तामोडमा १ जना, गौरादहमा १जना, मेचीनगरमा २जना, कनकाइमा १ जना, बुद्धशान्तिमा २ जना, शिवसताक्षीमा १ जना र बाह्रदशीमा २ जना रहेका छन् ।

कोरोना संक्रमणबाट झापामा ज्यान गुमाउनेको संख्या १२३ रहेको छ ।