झापामा आज २२ जना संक्रमित थपिए

भद्रपुर २९ मंसिर । झापामा आज ४ महिलासहित २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झपाले जनाएको छ । जसअनुसार, दमकमा ४ जना, बिर्तामोडमा ३ जना, मेचीनगरमा १ जना, भद्रपुरमा २ जना, कनकाइमा ७ जना, अर्जुनधारामा १ जना, शिवसताक्षीमा २ जना,झापामा १ जना रकचनकवलमा १ जना रहेका छन् ।