झापामा आज १७ जना संक्रमित थपिए एकको मृत्यु

भद्रपुर २८ मंसिर । झापामा आज कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ भने ११ महिला र ६ पुरुष गरी १७ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा गौरादह ५ की ५५ बर्षिया महिला रहेकी छन् । योसंगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२३ पुगेको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, आज कोरोना संक्रमण पुटि हुनेहरुमा, दमकमा ५ जना, बिर्ताामोडमा ५ जना, गौरादहमा ३ जना, मेचीनगरमा १ जना, गौरीगञ्जमा १ जना, कमलमा १ जना, र शिवसताक्षीमा १ रहेका छन् ।