आज झापमा थपिए ५९ संक्रमित

भद्रपुर १८ मंसिर । आज झापामा २८ महिला र ३१ पुरुषगरी ५९ जना कोरोना संक्रढाको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

स्वास्थ्य कार्यालयकाअनुसार, कोरोना संक्रमितहरुमा दमकमा ५ जना, बिर्तामोडमा १० जना, मेचीनगरमा १ जना, भद्रपुरमा ७ जना, कनकाइमा ४ जना, हल्दिबारीमा ११ जना, अर्जुधारामा २ जना, बुद्धशान्ति गापामा १ जना, गौरीगन्जमा १जना, कचनकवलमा ३ जना , शिवसताक्षीमा ३ जना, बाह्रदशी गापामा ३ जना, कमल गापामा ३ र अन्य १ जना रहेका छन् ।