शरणार्थीलाई कोरोनाको परीक्षण र उपचार निःशुल्क
दमक । सरकारले विभिन्न देशबाट आएका शरणार्थीलाई कोरोना भाइरसको पिसिआर परीक्षण र उपचार निःशुल्क गर्न सम्बन्धित निकायलाई निर्देशन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले विभिन्न देशबाट आएर नेपालमा शरणार्थी भई बसेका नागरिकलाई शरणार्थी परिचयपत्रका आधारमा नेपाली नागरिकसरह कोरोनाको पिसिआर परीक्षण र उपचार गर्न सम्बन्धित प्रदेश, स्थानीय तह, प्रयोगशाला र अस्पताललाई आग्रह गरेका हुन् ।
नेपालमा भूटानलगायत देशबाट शरणार्थीका रूपमा विदेशीहरू बस्दै आएका छन् ।