झापामा आज थपिए ८६ जना संक्रमित
भद्रपुर १२ मंसिर । झापामा आज ३१ महिला र ५५ पुरुष गरी ८६ जनामा कोराना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा दमकमा २६ जना, बिर्तामोड मा ९ जना, गौरादहमा १ जना, मेचीमा ९जना, भद्रपुरमा १० जना, कनकाइमा १३ जना, बाह्रदशीमा २ जना, हल्दिबारीमा १ जना, अर्जुनधारामा २ जना बुद्घशान्तिमा ३ जना, गौरीगन्जमा १ जना, शिवसताक्षीमा २ जना, झापा गापामा २ जना र अन्य ५ जना रहेका छन् ।
झापामा कोरोना संक्रमण बाट मृत्यु हुनेको कुल संख्या १०५ पुगेको र सक्रिय संक्रमितको संख्या ११९१ रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।