झापामा आज थपिए १११ जना संक्रमित ३ जनाको मृत्यु

भद्रपुर ९ मंसिर । झापामा आज तीन जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । भद्रपुर नगरपालिका १ र ८ निवासी ६३ र ८६ वर्षिया महिला २ र दमक नगरपालिका ९ निवासी ८० बर्षिय पुरुषकोे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा कोरोना बाट ज्यान गुमाउनेको संख्या ९९ पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यसैगरी आज झापामा ५१ महिला र ६० पुरुष गरी १११ जना संक्रमित थपिएका छन । जसमा दमकमा ११ जना, बिर्तामोडमा २३ जना, मेचीनगरमा ४, भद्रपुरमा ५ जना, कनकाइमा ९ जना, हल्दिबारमिा ३ जना, अर्जुनधारामा ५ जना, बुद्धशान्तिमा ६ जना, कमलमा २ जना, शिवसताक्षीमा ४ जना, बाह्रदशीमा १जना र अन्य ८ जना थपिएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार४७२ पुगेको छ ।