कक्षा १२ को परीक्षा आज बाट शुरु

भद्रपुर ९ मंसिर । कोरोना महामारीका कारण प्रभावित भएको कक्षा १२ को परीक्षा आज मंगलबारदेखि शुरु भएको छ । सुरक्षा मापदण्ड र सामाजिक दूरी कायम गरेर सञ्चालन गरिएको परीक्षा बिहान ८ बजे सुरु हुने र साढे ९ बजे सकिने छ । शनिबार पनि परीक्षा सञ्चालन गरेर १६ मंसिरसम्ममा परीक्षा सक्ने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

आज बाट संचालित परीक्षा ४० प्रतिशतको मात्रै हुने छ । ४० प्रतिशत अंक कक्षा ११ र २० प्रतिशत कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडिने बताइएको छ । २०७६ वा त्यसभन्दा अघि लिइएको कक्षा ११ को वार्षिक वा ग्रेड वृद्धि परीक्षामा सैद्धान्तिकतर्फ प्राप्त गरेको विषयगत प्राप्तांकलाई १०० प्रतिशत मानी सोको ४० प्रतिशत अंकभार कक्षा १२ को मूल्यांकनमा जोडिने बोर्डले जनाएको छ ।