वर्कफर नेपालले अस्पताललाई उपकरणहरु प्रदान
दमक । झापाको कमल गाउँपालिका ६ स्थित वर्कफर नेपालले झापा र मोरङका विभिन्न सरकारी अस्पताललाई करिव रु २ करोड ५० बरावरको उपकरणहरु प्रदान गरेको छ ।
झापाको मेची अञ्चल अस्पताल, दमकको आम्दा अस्पताल , मोरङको विराटनगरस्थित कोशी अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र,स्वास्थ्य चौंकीहरुको विकासका लागि रु २ करोड ५० लाख मूल्य बराबरका अस्पतालजन्य सामाग्रीहरु प्रदान गरिएको संस्थाका अध्यक्ष त्रिलोचन अधिकारीले वताए ।
संस्थाले अन्तराष्ट्रिय गैरसरकारी संस्था हेल्पिङ हेण्ड फर रिलिफ एण्ड डेभलपमेन्ट नेपालको सहकार्यमा गत दुई बर्षको अवधिमा ती अस्पताल सामाग्रीहरु दिएको उनले जनाएका छन् ।
सोहि परियोजनामार्फत अस्पतालको स्तरन्नतिका लागि यसवर्ष नै थप २ करोड बढीको अस्पतालजन्य उपकरणहरु वितरण गरिने तय भएको संस्थाले जनाएको छ ।
वर्कफरले गरीवी निवारणका लागि समुदायमा स्वच्छ खानेपानीको उपलव्धता,स्वास्थ्य,शिक्षा,सीप सम्बन्धी शसक्तीकरणका कार्यक्रमहरु सञ्चालन गरिआएको छ । २०१८ देखि शुरु भएको सो परियोजना ५ बर्षसम्म सञ्चालन हुने छ ।