झापामा आज थपिए ७५ जना संक्रमित २ को मृत्यु

भद्रपुर ४ मंसिर । झापामा आज दुइ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ९ का ७० वर्षिय पुरुष १ र झापा गाउँपालिका ७ का ७२ बर्षीय पुरुष १ कोे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसंगै झापामा कोरोना बाट ज्यान गुमाउनेको संख्या ९० पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ

यता आज झापाका १५ स्थानीय तहमध्ये १३ तहमा ३५ महिलासहित ७५जना स्थानीयमा कोरोना स्संक्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, आज संक्रमण पुष्टि हुनेमा दमकमा २०, बिर्तामोडमा ११ गौरदाहमा ४ जना, भद्रपुरमा ७, अर्जुनधारामा ५, शिवसताक्षीमा २, कमलमा ५, झापा गापमा ६, कनकाइ ४, गौरीगन्जमा १, बुद्धशान्तिमा गापमा १ मेची नपामा ७ र हल्दिबारी गापमा ३ संक्रमित थपिएका छन् । योसँगै जिल्लामा संक्रमितको संख्या ३ हजार १६९ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०९५ रहेको जनाइएको छ ।