फरारर अभियुक्त सौरभ उप्रेती पकाउ

भद्रपुर २६ कात्तिक । तीन वर्ष अघि बैदेशिक रोजगार कसुर मुद्धामा अदालतबाट सजाय सुनाईएका झापा, कन्काई ३ का ३६ बर्षिय सौरभ उप्रेतीलाई कारागार चलान गरिएको छ तीन बर्ष अघि जिल्ला अदालत झापाले उप्रेतीलाई कसुर वापत एक बर्ष ६ महिना कैदसहित रु १ लाख ५० हजार जरिवाना सुनाएको थियो । फैसाला पछि फरार भएका उप्रेतीलाई जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय सुरुङाको टोलीले दुई दिन अघि घरैवाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले वताए ।

अभियुक्त उप्रेतीलाई आजनै अदालतमा उपस्थित गराई फैसला बमोजिम कैद भुक्तानका लागि कारागार चलान गरिएको उनले वताए ।