झापामा आज ७५ जना संक्रमित ४ जनाको मृत्यु
भद्रपुर २५ कात्तिक । कोरोना भाइरसको संक्रमण बाट आज झापामा ४ जनाले ज्यान गुमाएका छन् । यसरी ज्यान गुमाउनेहरुमा हल्दिबारी गाउँपालिका ४ का रेडक्रसकर्मी ७० बर्षिय पुरुष एक, कचनकवल गाउँपालिका ६ की ६८ बर्षिया महिमला एक, गौरादह नगरपालिका ५ निवासी २६ बर्षिय पुरुष एक र मेचीनगर नगरपालिका २ निवासी ८६ बर्षिय पुरुष एक रहेका जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
यसैगरी आज झापामा ५२ महिला र २३ जना पुरुष गरी ७५ जनामा कोरोना संक्रमण् पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, संक्रमित हुनेहरुमा, दमक नगरपालिकाका १५ महिला र ७ पुरुष, बिर्तामोड नगरपालिकाका ८ महिला ६ पुरुष, भद्रपुर नगरपालिकामा ९ महिला १ पुरुष, अर्जुनधारा नगरपालिकामा २ पुरुष, कनकाइ नगरपालिकामा २ पुरुष, कमल गाउँपालिकामा ३ महिला ४ पुरुष, गौरादह नगरपालिकामा ३ महिला, गौरीगन्ज गाउँपालिकामा ३ महिला २ पुरुष, बुद्धशान्ति गाउँपालिकामा १ पुरुष, बाह्रदशी गाउँपालिकामा १ महिला, मेची नगरपालिकामा २ महिला, शिवसताक्षी नगरपालिकामा २ महिला २ पुरुष र हल्दिबारी गाउँपालिकामा २ महिला रहहहेका छन् ।
हाल झापामा कुल संक्रमितको संख्या दुई हजार ७२४ पुगेको छ भने कोरोना बाट ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।