अमेरिकी राष्ट्रपति निर्वाचनमा कडा प्रतिष्पर्धा
एजेन्सी
अमेरिकी राष्ट्रपति निर्वाचनको प्राप्त मत परिणामले उम्मेदवार रिपब्लिकनका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक जो बिडेनबीच कडा प्रतिष्पर्धा देखाइरहेको छ ।
वाइडेनसँग अहिले पनि ट्रम्प पछाडि छन् । बिडेनले २२४ भोटका साथ अग्रता बनाइरहँदा ट्रम्प ७ भोटले पछि परेका छन् । सुरुमा ठूलो मतान्तरले पछि परेका ट्रम्पले पछिल्लो समय पकड बनाउँदै लगेका छन् । बिडेनले २२४ इलेक्ट्रोरल भोट पाउँदा ट्रम्प २१३ भोटसहित पछ्याउँदैछन ।
अमेरिकामा राष्ट्रपति निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत प्राप्त गर्नुपर्छ । यो पटक राष्ट्रपतिमा को निर्वाचित हुन्छ भन्ने पक्का गर्न कठिन भएको छ । बिडेनले निर्वाचन जित्ने दाबी गरेका छन् । डेलभेरबाट सम्बोधनका क्रममा बिडेनले भने, ‘हामी जहाँ छौँ, हामी खुसी छौँ । हामीलाई विश्वास छ यो निर्वाचन जित्ने दिशामा छौँ ।’
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतगणनाबीच ट्वीट गर्दै आफ्ना प्रतिद्वन्द्वीमाथि चुनावमा चोरीको आरोप लगाएका छन् । “हामी अगाडि छौं तर चुनाव परिणाम हामीबाट चोर्ने कोसिस भइरहेको छु” उनले भनेका छन् , “हामी उनलाई त्यस्तो गर्न दिँदैनौँ । चुनाव सकिएपछि त भोट हाल्न सकिँदैन नि ।”
अमेरिकी राष्ट्रपति चुनावको परिणामकै क्रममा डेमोक्रेट उम्मेदवार जो बिडेनले भाषण गर्दै अहिले आइरहेको परिणामप्रति आफू खुसी रहेको बताएका छन् ।