झापामा आज संक्रमित ३१ जना, मृत्यु तीन
भद्रपुर १५ कात्तिक । झापामा आज ३१ जनामा कोरोना संक्रमणको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आठ स्थनीय तहका १४ महिला र १७ पुरुषमा संक्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार, शिवसताक्षी नगरपालिकाका १ पुरुष, बिर्तामोड नगरपालिकाका १ महिला र ५ पुरुष, दमक नगरपालिकाका २ महिला ४ पुरुष, भद्रपुर नगरपालिकाका १ महिला २ पुरुष, कनकाइ नगरपालिकाका ६ महिला २ पुरुष, हल्दिबारी गाउँपालिकाका १ पुरुष, मेचीनगर नगरपालिकाका २ महिला २ पुरुष र बुद्धशान्ति गाउँपालिकाका २ महिला रहेकाछन् ।
यसैगरी स्वास्थ्य कार्यालयले जनाए अनुसार आज झापामा बिर्तामोड नगरपालिकाका ६५ र ६२ बर्षिय पुरुष दुइ , गौरीगन्ज गाउँपालिकाका ७३ बर्षिय पुरुष एक गरी ३ जनाको मृत्यु भएको छ । योसंगै झापामा कोरोना बाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ ।