ग्वाल्डुब्वा बजार क्षेत्रमा सरसफाई
गौरादह ६ कात्तिक । गौरादह – ७ स्थित ग्वाल्डुब्वाका युवा समूहले ग्वाल्डुब्वा बजार क्षेत्रमा सरसफाई तथा संचेतना मुलक कार्यक्रम सम्पन्न गरेका छन् । गौरीगंज इलाका प्रहरी प्रमुख राकेश रेग्मीको प्रमुख आतिथ्यतामा आज विहान भएको कार्यक्रममा मास्क समेत वितरण गरिएको छ ।
ग्वालडुब्बा युवा समुहका अध्यक्ष भोला चक्रवतीको अध्यक्षतामा भएको कार्यक्रममा ग्वाल्डुब्वा युवा समुहका सह( सचिव प्रकाश चुडालले युवा समुहको औचित्य तथा कार्यक्रमको बारेमा प्रकाश पार्नुको साथै अतिथिलगायत सहभागीहरूलाई विजयादशमी, तिहार तथा छठ पर्वको शुभकामना मन्तव्य व्यत्त गरेका थिए ।
विभिन्न समयमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको कार्यक्रममा सामाजिक व्यक्तित्व अमर विष्ट, ध्रुव गौतम, गौरादह ट्राफिक प्रहरी इन्चार्ज लक्षमी प्रसाद ओझा,गौरिगंज ट्राफिक प्रहरी इन्चार्ज साजन कार्की ,अरुण शाह, भरत निरौला, दिलनाथ कटुवाल, केडि राई, लक्ष्मी सुब्बा, गणेश राजबंशी, इन्द्र कार्की, दुर्गा खरेल, रामचन्द्र पोख्रेल, जीवन कोइराला, रामबहादुर अधिकारी, महिला सामाजिक ब्यक्तित्व सुमित्रा खरेल, टीका अधिकारी, गौरीगंज खजुरगाछी युवा संघका उपाध्यक्ष निरज माञ्जी, सचिव जितेन्द्र पौदार, लोकराज सिटौला, नवीन तामाङ, लक्की ताजपुरिया, जोगिन्द्र ताजपुरिया, राजेश शाह, सोनाराम महली लगायतको सहभागी थियो ।
कार्यक्रम संचालन लिला न्यौपाने र ग्वाल्डुब्वा युवा समूहका सचिब होम उप्रेतीले गरेका थिए ।