५५ हजार मूल्य बराबरको पटका बरामद
भद्रपुर ४ कात्तिक । अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको पटाका प्रहरीले बरामद गरेको छ । सोमबार बेलुका साढे ७ बजेतिर गौरीगञ्ज गाउँपालिका २ वीरपुरमा प्रहरी चौकी कोरोवारिबाट खटिएको प्रहरी टोलीले ५५ हजार मूल्य बराबरको पटका बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ मोटरसाइकलमा पटका ल्याउँदै गरेको अवस्थामा प्रहरीलाई देखेर पटका छाडी फरार भएका थिए । २८ बन्डलको पटका प्रहरी चौकी कोरोवारिमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।