सेवामुखी उपचार केन्द्र सुरुवात गरे डा. न्यौपानेले (भिडियो सहित)

भद्रपुर, १ कार्तिक । झापाको भद्रपुरमा जन्मिएर अधिकांश समय नेपालको राजधानी काठमाण्डौमा विताएका मृगौंला रोग विशेषज्ञ डा. सिप्पि न्यौपानेले जन्म स्थल सम्झेर स्वास्थ्य सेवामा सहज पहुचका लागि स्वास्थ्य उपचार केन्द्र संचालनमा ल्याएका छन् ।

२० वर्ष यता रोगीको उपचार गर्दै आएका डा. न्यौपानेले व्यवसायिक क्षेत्र भन्दा भिन्न सेवा मुलक पेशाका रुपमा अगाडि वढाउने गरी निको पोलिक्लिनिक एण्ड डाइग्नोस्टिक सेन्टर संचालनमा ल्याएका हुन् ।

भद्रपुर नगरलाई नै चलयमान नगरका रुपमा विकास गर्नै लक्ष्यका साथ विभिन्न रोगका रोगीहरुलाई एकै ठाउँमा उपचार सेवा दिने लक्ष बोकेर संचालनमा ल्याएको सो उपचार केन्द्रले ग्रामिण क्षेत्रमा विभिन्न स्वास्थ्य शिविर संचालन समेत गर्ने लक्ष्य राखेको छ ।


डा. न्यौपानेका शब्दलाई जस्ताका तस्तै राख्दा…