अबैध पटका सहित राजवंशी पक्राउ

भद्रपुर, २४ असोज । भारतीय वजारबाट झापाको सदरमुकाम क्षेत्रतिर अबैध रूपमा भित्रिएको प्रतिबन्धित पटकाजन्य पदार्थ सहित एक व्यक्ति पक्राउ परेका छन् ।
विशेष सूचनाको आधारमा प्रहरी टोलीले खुर्सानी पटकासहित भद्रपुर –३ का ४२ बर्षीय ढाक्रे राजवंशी पक्राउ परेका हुन् ।
 १ लाख ५० हजार रुपैयाँ बराबरको अबैध पटका सहित शुक्रबार राती राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
वडा प्रहरी कार्यालय भद्रपुर र प्रहरी चौकी महेशपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले अबैध रूपमा भन्सार छलि ल्याइदैँ गरेको ५८ बन्डल अमुरु खुर्सानी पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले बताए । बरामद पटका, अटो र अटोचालकलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको लागि वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको जनाएको छ ।