समयमा सूचनाको नदिँदा ब्यवसायी मारमा

शनिश्चरे २३ असोज। सूचना प्रर्वाह गर्ने क्रममा वडा कार्यालय र बजार ब्यवस्थापन समितिको तालमेल नमिल्दा व्यापारीले घाटासहित दुःख पाएका छन् । झापा अर्जुनधारा नगरपालिका ५ स्थित विहिवारे बजार आसपासको क्षेत्रमा समुदायस्तरमा कोरोना भाइरस फैलिएको भन्दै वडा कार्यालयले साप्ताहिक बजार बन्द गर्ने निर्णय गरेको थियो ।

विहिवार विहानसम्म कुनै रोकतोक विना पसल लिएर बजार आएका व्यापारीहरुलाई अचानक पसल उठाउन लगाएपछि उनीहरु केही समय आक्रोशित बनेका थिए । ‘हामीले बिहान पसल लिएर आउँदा बन्द भन्ने कुरो थिएन’ व्यापारी पिङ्की अग्रवालले भने ‘तर, अचानक बन्द भन्दा हामीलाई आर्थिक घाटा भयो’। ‘हामीलाई विहानै बजार क्षेत्रमा प्रवेशमा रोक लगाएको भए हुन्थ्यो’ उनीहरुले गुनासो गरे ।

समयमै सूचना नदिदा कपडा तथा जुत्ता पसलको आउने जाने भाडा गयो तर, शागसव्जी व्यापारीको सागशव्जी कुहिने उनीहरुले दुःख ब्यक्त गरे । वडा कार्यालयले बन्द गर्ने कुनै सूचना नपठाएको बजार ब्यवस्थापन समितिले जनाएको छ ।