झापामा आज थपिए २४ कोरोना संक्रमित
भद्रपुर २१ असोज । मेची प्रादेशिक अस्पताल भद्रपुरमा कोरोना संक्रमणका कारण एक जना शिशुको मृत्यु भएको छ । भद्रपुर–८ का दुई महिने शिशुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आफन्तले अस्पतालबाट शिशुको शव बुझेर घर लगेको तीन घण्टापछि कोरोनाको रिपोर्ट आएको थियो । शिशुमा निमोनियासँगै श्वासप्रश्वासको समस्या देखिएपछि मंगलबार बिहान अस्पताल भर्ना गरिएको थियो ।
शिशुमा कोरोनाको लक्षण देखा परेपछि दिउँसो १२ बजे स्वाब संकलन गरिएको थियो । स्वाब लिएको ६ घण्टाभित्रै शिशुको उपचारको क्रममा मृत्यु अस्पताल प्रशासनले जनाएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाए अनुसार आज झापाका ६ स्थानीय तहका ५ महिमासहित २४ जनामा कोरेना संक्रमणको पुष्टि भएको छ । जसमा ५ स्वास्थ्य कमीै, ४ कैदी, एक सुरक्षाकर्मी र एक बैंक कर्मचारी रहेकाछन् । जसमध्ये भद्रपुर नगरपालिकामा ९ जना, अर्जुनधाराका १, बिर्तामोडका ९ जना, गौरादहका ३ जना कचनकवलका १ जना र दमकका एक रहेका सो कार्यालयले जनाएको छ ।
संक्रमित मध्ये, जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेललाई कोरोना संक्रमण पुष्टि भएको छ । मेची प्रादेशिक अस्पतालका अध्यक्ष समेत रहेका पोर्तेलले सोही अस्पतालमा हिजो स्वाव परीक्षण गर्न लगाएका थिए । त्यसको आज बिहान रिपोर्ट पोजेटिभ आएको हो । उनले फेसबुकमा आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिदै आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेका छन् । आफूले भेटेका धेरै साथीहरुलाई कोरोना संक्रमण पुष्टि भएपछि आफूले शंका लागेर परीक्षण गर्न लगाएको उनले बताए । संक्रमणपछि आफू होम आइसोलेसनमा बसेको उनले जनाए । आफूलाई कुनै लक्षण भने नदेखिएको उनको भनाइ छ ।
यसैगरी दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीसहित दमकका एक वडाध्यक्षमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पिसिआर परीक्षणको रिपोर्टमा नगर प्रमुख ओली र दमक १० का वार्ड अध्यक्ष बोधराज न्यौपानेमा समेत संक्रमण देखिएको हो । उनकी श्रीमती लिला ओलीमा भने एक दिन अघि नै संक्रमण देखिएको थियोे । ओली दम्पत्तीसहित उनका छोरा अनिलमा पनि संक्रमण पुष्टि भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
यसैगरी, भद्रपुर भन्सार कार्यालय र कृषि विकास बैङ्क शाखा कार्यालय भद्रपुरको सेवा बुधवारदेखि बन्द भएको छ । भद्रपुर भन्सारका एक पुरुष कर्मचारी र कृषि विकास बैङ्कका एक महिला र तीन पुरुष गरी चार जना कर्मचारीमा मंगबलार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भद्रपुरका दुई वटा सरकारी कार्यालयका कर्मचारीमा कोरोना पुष्टि भएपछि दुवै कार्यालयले सूचना जारी गर्दै सेवा बन्द गर्ने निर्णय गरेको हो ।
नागरिककै हेल्चेक्र्याइँका कारण झापामा समुदायमा कोरोनाको संक्रमण फैल्दै गएको जिल्ला स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख इश्वरी पौडेललेले बताए । शुरुवाती अवस्थामा झापामा सबैले स्वास्थ्यको मापदण्ड पालना गरेपनि अहिले आएर कोरोना केहि होइन भन्दै स्वास्थ्यको मापदण्ड पालना नगर्दा जोखिम बढेको चिकित्सकहरुको भनाई छ । चाडपर्व नजिकिएसंगै झापामा शहरी क्षेत्रहरु बिर्तामोड, भद्रपुर, दमक, कांकरभिट्टा, सुरुङ्गा, चारआली,बुधबारे लगायतका क्षेत्रमा मानिसको चहलपहल बढेको छ । तर, नागरिकले समान्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएको नपाईको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख पौडेललेले बताए । नागरिकले स्वास्थ्यको पालना नगर्दा समुदायमा संक्रमण फैल्ने जोखिम झनै बढेर गरेको छ । पौडेलका नुसार झापामा समुदायमा कोरोना फैलिसकेको छ । झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्दै गएको भएपनिे झापामा कोरोना संक्रमित मध्ये आईसीयुमा राख्नुपर्ने अवस्थाका विरामी भएमा ९ जनालाई मात्रै उपचार गर्न सकिने र अन्यलाई विराटनगर वा धरान रेफर गर्नुपर्ने अवस्था आउने प्रमुख पौडेलको भनाई छ ।