प्रदेशसभा बैठकमा तोडफोड
भद्रपुर १९ असोज । प्रदेश नम्बर ५ को प्रदेशसभा तनावका बीच नै प्रदेशको स्थायी राजधानीको टुंगो लगाउने रणनीतिमा देखिएको छ। सोमबारको प्रदेशसभा बैठकमा तोडफोड, नाराबाजी र आरोप प्रत्यारोपका बीच संसदीय कारबाही भइरहेको थियो ।
सामान्यतयाः विपक्षीले अवरोध गरेपछि बैठक स्थगित गर्ने र सहमतिको प्रयास गर्ने गरिन्छ । तर सोमबारको प्रदेशसभाको दृश्य त्यस्तो रहेन । बलजफ्ती सभाुमखले बैठक चलाए भने विपक्षीले पनि आफ्नो मर्यादा भुल्दै कुर्सी नै तोडफोटमा उत्रिए ।