३ हजार बढिले कोरोना संक्रमणलाई जिते

काठमाडौं, १६ असोज । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार बढिले कोरोना संक्रमणलाई जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका अनुसार ३३०७ जना संक्रमण मुक्त भएसंगै संक्रमण मुक्त हुनेको संख्या ६० हजार ६ सय ९६ पुगेको छ ।

प्रदेश १ मा ५ हजार ४०२, प्रदेश २ मा १३ हजार ९२८, बागमती प्रदेशमा १८ हजार ८५१, गण्डकी प्रदेशमा ३ हजार ३७९ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन् ।

त्यस्तै प्रदेश ५ मा ९ हजार ८१, कर्णालीमा ३ हजार २५ र सुदूरपश्चिममा ७ हजार ३० जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ७३.६ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए