भद्रपुरका दुइसहित झापामा आज ७ जना संक्रमित थपिए

भद्रपुर १४ असोज । केहिदिन यता झापामा कोरोना संक्रमण स्थानीय क्षेत्रमा मात्र देखिन थलेको छ । आज भद्रपुर बजारका दुई जना लगायत ७ जनामा देखिएको कोरोना संक्रमण सवै स्थानीय रहेकाछन ् । भद्रपुर नगरपालिका ५ बस्ने २८ वर्षीय पुरुष र २८ वर्र्षीया महिलालाई कोरोना संक्रमण पुष्टि भएको भद्रपुर नगर स्वास्थ्य शाखाका फोकाल पर्सन मनोज भट्टराईले जानकारी दिए । संक्रमति पुरुष र महिला नातामा श्रीमान श्रीमती हुन् । केही दिन अघि श्रीमानलाई ज्वरो आएपछि दुवै जना पिसिआर परीक्षणका लागि मेची अस्पताल भद्रपुर गएका थिए ।

आज आएको पिसिआर रिपोर्टमा दुई जनामा पोजेटिभ देखिएको फोकाल पर्सन भट्टराईले बताए । घरका सदस्यलाई कोरोना पुष्टि भएपछि घर अगाडीको पसल बन्द गराइएको छ, भने घरका सदस्यको पनि कोरोना परीक्षण गराइने नगरपालिकाले जनाएको छ । संक्रमित पुरुषको बिर्तामोडमा पसल छ ।

यसै बिषयलाइ लिएर अहिले नगरपालिकाको आकस्मिक दैठक बसी भद्रपुर नगरपालिकाको कार्यालय दक्षिण, राय मेडिकल नामक दवाइ दोकान देखि दुर्गा मन्दिरसम्म, कन्ट्याक ट्रेसिङको परीक्षण नतिजा नआउन्जेलसम्म मूल सडकको दाया बाया वानं ५ र ६ मा रहेका पसलहरु ृिशल गरिने नगर प्रमुख जीवनकुमार श्रेष्ठले बताएकाछन् ।

यता मेची अस्पताल भद्रपुरमा आज १०४ जनाको पिसिआर रिपोर्ट आएको अस्पतालका सूचना अधिकारी मनोजकुमार पोखरेलले जानकारी दिए । त्यसमध्ये ७ जनाको रिपोर्ट पोजेटिभ आएको हो । भद्रपुरका दुईसहित मेचीनगर नगरपालिका वडा नम्बर १० र १३ बस्ने ४० र ३९ वर्षीय पुरुष रहेका छन् । त्यस्तै बिर्तामोड नगरपालिका ४ र ५ बस्ने २३ वर्षीया महिला, ४० र २१ वर्षीय पुरुषमा कोरोना देखिएको उनले बताए ।