आधारभुत प्राथिमक स्वास्थ केन्द्रको उद्घाटन
गौरीगंज, १३ असोज । गौरीगंजका ग्रामीण क्षेत्रका नागरिकहरूलाई स्वास्थ्य सेवामा सहज पहुँचका लागि आधारभुत प्राथिमक स्वास्थ केन्द्रको उद्वघाटन गरिएको छ । नागरिकहरुलाई स्वास्थ्य जस्तो संवेदनसिल बिषयमा घर आँगनमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्थानीय सरकार लागिपरेको छ । गाउँपालिका भित्रका दुरदराजमा रहेका नागरिकहरुलाई स्थानीय स्तरमा सहज रुपमा सेवा दिन प्रत्येक वडामा स्वास्थ्य सेवा दिन आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरेर सरकारी सेवा उपलब्ध गराउने तयारी गरेको छ । त्यसअनुरूप गौरीगंज गाउँपालिका वार्ड नं. ३ को ठेकीटोलामा आधारभुत प्राथमिक स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको हो ।
ठेकीटोलामा सञ्चालनमा ल्याईएको प्राथमिक स्वास्थ्य केन्द्रको गौरीगंज गाउँपालिकाका उपाध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दिपिन्द्र थापा र वार्ड अध्यक्ष मखना महतोले सयुंत्तरूपमा उद्घाटन गरेका छन् । गौरीगंज गाउँपालिका अन्तर्गत रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्य सेवा लिन नागरिकहरूलाई निकै लामो यात्रा गरेर आउनु पर्ने भएकाले घर आँगनमा नै स्वास्थ्य सेवा दिने उदेश्यले ठेकिटोलामा प्राथमिक स्वास्थ्य केन्द्रको सेवा उपलब्ध गराईएको उपाध्यक्ष दिपेन्द्र थापाले जानकारी गराए । नागरिकको स्वास्थ्य सेवामा स्थानीय सरकार उतरदायी रहेको बताउदै उपाध्यक्ष थापाले गाउँपालिका भित्रका सबै वडामा सरकारी स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको जानकारी गराए ।
गौरीगंज गाउँपालिकाको बजार क्षेत्र सहित बढी जनघनत्व रहेको वडा नं ३ मा वडा बासीहरुको चाहना अनुसार वडाको ठेकिटोलामा आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरिएको वडा नं ३ का वडाध्यक्ष मखना महत्तोले जानकारी गराए । ठेकिटोलामा आधारभुत स्वास्थ्य केन्द्र स्थापना गरि नागरिकलाई स्वास्थ्य सेवा दिन स्वास्थ्य केन्द्रको आफ्नो भवन नभएकाले ठेकिटोलामा घर भाडामा लिई सेवा दिइने अध्यक्ष महतोले बताए ।
गौरीगंज गाउँपालिका वडा नं ३ को ठेकिटोलामा आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि स्थानीय दिपक गडर्तौला र उनको परिवारले ३ कठ्ठा जग्गा निशुल्क प्रदान गरेका छन । भवन निर्माणका लागि सरकारले ३८ लाख ८७ हजार रूपैयाँ बिनियोजित गरेको वडा अध्यक्ष महतोले जानकारी गराएका छन् । प्रशासकिय अधिकृत राजु दाहालले स्वास्थ्यमा सबै नागरिकको सहजै पहुँच होस् भन्ने उदेश्यले आधारभुत स्वास्थ्य केन्द्रको स्थापना गरेर शुरूवात गरेको बताए । स्वास्थ्य केन्द्रमा क्रमश जनशक्ति, उपक्रम र अन्य व्यवस्थापन गरिने उनले बताए ।
वडा नं ३ का वडाध्यक्ष मखना महत्तोको सभापतित्वमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । त्यस अवसरमा गौरीगंज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु दहाल, स्थानीय समाजसेवी केदार ढुङगेल, प्रहरी निरीक्षक गणेश भट्टराई, सशस्त्र प्रहरी निरीक्षक विकास न्यौपाने, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख राम चन्द्र मिश्र लगायतले शुभकामना मन्तब्य राखेका थिए ।