गौरादह नगरपालिकामा एक महिलाको हत्या

गौरादह १३ असोज । झापाको गौरादह नगरपालिकामा एक महिलाको हत्या भएको छ । गौरादह नगरपालिका– १ की ६५ वर्षीया मनमाया भण्डारीको सोमबार हत्या भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

दुवै हात बाँधेको अवस्थामा आफ्नै घरभित्रको खाटमुनि उनको शव फेला परेको प्रहरीले जनाएको छ । हत्या किन र कसले गरेको हो भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक राकेश थापाले जानकारी दिए ।