झापामा आज ५ जना कोरोना संक्रमित थपिए
भद्रपुर ७ असोज । झापामा आज बुधबार ५ जना कोरोना संक्रमित भएका र ति मध्ये एकजना कोरोना संक्रमितको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । आज मृत्यु हुनेमा भद्रपुर १० का ८६ वर्षीय वद्ध रहेकाछन् । उनको उपचारका क्रममा विराटनगरको विराट मेडिकल कलेजमा मृत्यु भएको हो । उपचारका लागि विराटनगर लगिएका उनमा त्यही कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।
मिल्दोजुल्दो लक्षण देखिएपछि कोरोना परीक्षण गरिएको सो अस्पतालले जनाएको छ । कोरोना पुष्टि भएपछि उनलाई आइसियूमा राखेर गरिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला स्जास्थ्य कार्यालय झापाले जनाएको छ । उनी मिर्गौला र मधुमेहका रोगी थिए । स्वास्थ्य कार्यालयका अनुसार, यसअघि झापामा दमक नगरपालिकाका ५८ वर्षीय पुरुष, कमल गाउँपालिकाका ८५ वर्षीय पुरुष, बाह्रद्शी घर भई सुरुङ्गा बस्दै आएकी महिला र मेचीनगर नगरपालिका ५ की ७२ वर्षीया महिलाको मृत्यु भएको हो ।