मृत्युको शोकमा परेका ५ परिवारलाई राहत
गौरीगंज, ३१ भदौ । गौरीगंज गाउँपालिकाले मृत्युको शोकमा परेका ५ परिवारलाई राहत प्रदान गरेको छ । गौरीगंज गाउँपालिका वार्ड नं. ३ मा स्थायी बसोवास गर्दै आएका प्रत्येक मृतकका परिवारलाई समवेदना पत्रसहित १० हजारको चेक हस्तान्तरण गरेको हो ।
गौरीगंज गाउँपालिका वार्ड नं. ३ घर भएका ७३ बर्षिय स्व. राजेन्द्र महतोको बुहारी गिता महतो, ४ बर्षिया स्व। सभिया राजवंशीकि बुबा इजे राजवंशी, १७ बर्षिय स्व। मनिष श्रेष्ठको गोविन्द श्रेष्ठ, ६० बर्षिय स्व। हरि यादवकी श्रीमती ललुवती यादव र ९२ वर्षिय स्व. पुण्यमाता गर्तौलाकी बुहारी अम्विका गर्तौलालाई प्रति परिवार १० हजार रूपैयाँको चेक हस्तान्तरण गरेको वार्ड नं. ३ का अध्यक्ष मखना महतोले जानकारी गराएका छन् ।
गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, वार्ड नं. ३ का वडा अध्यक्ष मखना महतो, रिता तामाङलगायत संयुक्तरुपमा उनीहरुको घरमै पुगेर शोकमा परेका परिवारलाई राहतस्वरूप रकम प्रदान गरेका थिए । ‘दुःखको साथी, भरोसा राखौं गाउँपालिका माथि’ भन्ने नाराका साथ गाउँपालिका भरी कुनै परिवारमा मृत्यु सोक परेमा गाउँपालिकाको अनिवार्य उपस्थिति रहने र राहत स्वरुप काजक्रिया खर्च वापत प्रति परिवारलाई १० हजार रुपैया“ उपलब्ध गराउने नीति अनुरुप रकम उपलब्ध गराएको वडा अध्यक्ष महतोले बताएका छन् ।