झापामा भूकम्प गएको थाहा भएन
भद्रपुर । पूर्वी नेपालमा शुक्रबार बिहान भूकम्प गएको छ । आज बिहान ९ बजेर ३० मिनेट जाँदा भूकम्प गएको केन्द्रले जनाएको छ । इलाम, झापा, पाँचथर लगायतका जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प मापन केन्द्रका अनुसार नेपाल भारत सीमा क्षेत्रमा केन्द्रविन्दु भएर शुक्रबार बिहान ५ म्याग्निच्युट्को भूकम्प गएको हो ।
झापाको उत्तर-पूर्वी नेपाल भारत सीमा क्षेत्रमा रहेको बाहुनडाँगी केन्द्रविन्दु रहेको भूकम्प, भूकम्प मापन केन्द्रले जनाए पनि, झापामा यसबारे कसैलाई पनि महसुस नभएको बताउँछन् । जिल्ला प्रहरी कार्यालयका झापाका प्रबक्ता प्र.ना.उ.राकेश थापाले, भूकम्प सम्बन्धी कतै बाट पनि केही भएको जानकारी नआएको र आफूँलाई पनि भूकम्पको धक्का महशुस नभएको बताए ।