एकै परिवारका ५ जना सहित आज झापामा १२ जना संक्रमित थपिए
भद्रपुर । झापाको शिवसताक्षी नगरपालिकामा एकै परिवारका ६ वर्र्षीया बालिका समेत ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको सतासी प्रा.वि. क्वारेन्टाइनका स्वास्थ्य संयोजक रोसन अधिकारीले जनाकारी दिए । जसमा ६ बर्षीया बालिका, ९ वर्र्षीय, ३८ वर्षीय,३९ वर्षीय पुरुष र २८ वर्षीया एक महिला रहेकाछन् । उनीहरु ६ नं. वडा निवासी हन् । मंगलबार नगरका स्वास्थ्य संयोजकलाई कोरोना देखिएपछि ९७ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमा सतासी प्रा.वि.को क्वारेन्टानका १५ जना, होम क्वारेन्टाइनका ९, बाहिर सम्भावित स्थानबाट १ जना र अन्य नगरपालिकाका कर्मचारी तथा जनप्रतिनिधि रहेको संयोजक अधिकारीले जानकारी दिए । उनीहरु सबैलाई होम आइसोलसनमा राखिएको नगरपालिकाले जनाएको छ ।
यसैक्रममा, जिल्ला स्वास्थ्य कार्यालय झापाले दिएको जानकारी अनुसार, आज झापामा १२ जनामा कोरोना भइरस संक्रमण पुष्टि भएको छ । जसमा ३ जना महिला र ९ जना पुरुष रहेका छन् । आज संक्रमित हुनेहरुमा शिवसताक्षी नगरपालिका वडा नं. ६ का दुई महिला, तीन पुरुष गरि पाँच जना , कमल गाँउपालिका वडा नं. ६ का दुई पुरुष, बाह्रदशी गाँउपालिका वडा नं. ५ का दुई पुरुष, दमक नगरपालिका वडा नं. १० की एक महिला र भद्रपुर नगरपालिकाका दुइ पुरुष रहेका छन् ।
आज थपिएका संक्रमितहरु शिवसताक्षी, कमल र बाह्रदशीका स्थानीय हुन् भने भद्रपुर र दमकका भारतबाट आएका स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले बताए । उनीहरु ६ देखि ५५ वर्ष सम्मका छन् । बाह्रदशीमा कोरोना पुष्टि भएका एक जना कान्काई ठेगाना भएका र भद्रपुरमा कोरोना पुष्टि भएका दुई जना हेटौँडा र मुगु ठेगाना भएका रहेको चम्लागाईले जानकारी दिए ।
आजसम्म झापामा कुल संक्रमितको संख्या ७२५ पुगेको छ । जसमा भद्रपुर नपामा ३७, मेचीनगर नपामा १२१, बिर्तामोड नपाम ४६, कनकाई नपामा ४८, अर्जुनधारा नपामा २४, दमक नपामा ११९, गौरादह नपामा १९, शिवसताक्षी नपामा २४, बुद्धशान्ति गापामा १७, हल्दिवारी गापामा १३, कचनकवल गापामा १४०, कमल गापामा ४५, गौरीगञ्ज गापामा ३२, बाह्रर्दशि गापामा २५, र झापा गापाका १५ जना रहेको चौलागाईले बताए ।
कोरोनाबाट हाल सम्म झापामा ३ जनाको मृत्यु भइसकेको छ ।