गौरीगंजको प्रमुख प्रशासकिय अधिकृतमा राजु दाहाल

बायाँबाट प्रविन दाहाल र राजु दाहाल

गौरीगंज । गौरीगंज गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा राजु दाहाल आएका छन् । ईलाका प्रशासन कार्यालयमा प्रमुखको रूपमा कार्यरत दाहाल सरूवा भएर गौरीगंज गाउँपालिमा प्रमुख प्रशासकिय अधिकृतको रूपमा आज आएका हुन् । प्रमुख प्रशासकीय अधिकृत दाहाललाई गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठ, उपाध्यक्ष दिपीन्द्र थापा, कार्यपालिका सदस्य राधा अधिकारी, कर्मचारीलगायत उपस्थित जनप्रतिनिधिहरूले स्वागत गरेका थिए ।

त्यसैगरी गौरीगंज गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रविन दाहाललाई विदाई गरिएको छ । उनी हल्दिवारी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रूपमा जिम्मेवारी सम्हाल्दै छन् ।

गौरीगंज गाउँपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकिय अधिकृत दाहालबीच उत्पन्न विवाद हल नभई दाहाललाई रवाना दिईएको छ । दाहालको विदाईमा वार्ड नं. ६ वटै वडाका अध्यक्षसहित बहुमत सदस्यहरू उपस्थित भएनन् । गाउँपालिकाकाले विदाई कार्यक्रममा उपस्थित हुन वडा अध्यक्षहरूसहित कार्यपालिका सदस्य र सबै वडा सदस्यहरूलाई मोवाईल मेसेञ्जरमार्फत सुचना गरेको थियो । तर समस्याको हल नहुदै प्रशासकिय अधिकृतको विदाई गर्नु जनप्रतिनिधिहरूलाई पेलेर रवाना लिनु सरह हो एक वडा अध्यक्षले बताए । गाउँपालिकाको आन्तरिक हरहिसाब बुझबुझारक नगरी नगराई प्रशासकिय अधिकृत दाहालले रवाना लिनु गाउँपालिकाप्रति जवाफदेहिता नभएको वडा अध्यक्षहरूले आरोप लगाएका छन् ।