गौरादहमा भोली विहानदेखि लकडाउन अन्त्य

गौरादह । गौरादह नगरपालिकामा घोषणा गरिएको बन्दाबन्दी (लकडाउन) भोली मंगलबार विहानदेखि खुल्ला गरिएको छ । नगरपालिकाको भदौ २१ गते बसेको बैठकले पसल, व्यापार, साप्ताहिक हाट बजार बाहेक व्यवसाय, बैंक तथा वित्तिय संस्था र कार्यालयहरू यथावत संचालन हुने निर्णय गरेको हो ।

नगरपालिकाले गौरादहमा समुदायस्तरमा कोरोना भाईरस भेटिएपछि त्यसको रोकथाम र नियन्त्रण गर्नका लागि भदौ ७ गते राती १२ बजेदेखि लागू हुने गरि भदौ २२ गतेसम्मका लागि बन्दाबन्दी ९लकडाउन० घोषणा गरेको थियो । त्यस अबधिमा नगरपालिकाले समुदायस्तरमा व्यापकरूपमा कन्ट्याक ट्रेसिङ्ग गरि पीसीआर परिक्षणका लागि स्वाव संकलन गरेको थियो । उत्त परिक्षणमा हिजो सम्म सबैको पीसीआर रिपोर्ट पोजिटिभ देखिएपछि नगरपालिकाले भदौ २१ गते ९हिजो० बैठक बसी लकडाउन अन्त्य भएको निर्णय गरेको हो ।