झापामा समुदायमा कोरोना भाइरसको संक्रमण फैलदै

आज दुई महिला प्रहरीसहित २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भद्रपुर । झापामा समुदायमा कोरोना भाइरसको संक्रमण फैलने क्रम बड्दो क्रममा छ । यसै क्रममा आज २० जना स्थानीयबासी र २ जना महिला प्रहरीसहित २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज एकैदिन समुदायका २० सहित २६ जनामा कोरोना संक्रमण देखिएको हो । त्यसमध्ये ७ महिला र १९ पुरुष रहेका छन् । संक्रमित हुने समुदायका ब्यक्तिहरुमा दमक नगरपालिका वडा नं ६ , ७ र ८ का ३ महिला र २ पुरुष रहेका छन् ।

यसैगरि मेचीनगर नगरपालिकाका वडा नं ७ र १० का ४ पुरुष,कनकाई नगरपालिका वडा नं ३ र ५ का २ महिला र ८ पुरुष , गौरीगञ्ज ५ का एक पुरुषमा संक्रमण देखिएको छ । त्यस्तै भद्रपुरका २ जना महिला प्रहरीमा पनि संक्रमण देखिएको छ । त्यस्तै कचनकवल ७ का एक पुरुष, झापा गाउँपालिका १ का तीन पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितहरुको सँख्या ६४१ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जनाएका छन्