प्रतिनिधि सभाका सदस्य एलपी साँवा लिम्बुले मगरको हत्यारालाई तत्काल सार्वजनिक गर्न माग गरेका छन
झिलझिले । झापा निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका सदस्य एलपी साँवा लिम्बुले शिवसताक्षी नगरपालिका ११ का २९ वर्षीय गोमनशिंह मगरको हत्या घटनाका दोसीलाई तत्काल पत्ता लगाएर सार्वजनिक गर्न प्रशासन संग माग गरेका छन् । उनले जघन्य प्रकृतीको हत्या घटनामा संलग्नलाई हदै सम्मको सजाय हुनुपर्ने पनि माग राखेका छन् । सांसद साँवाले प्रहरी कार्यालयको करिब १ किलो मिटर दुरीमा हत्या घटना हुनुले आम सर्वसाधरण सुरक्षाको पहुँचमा नरहेको पनि आरोप लगाएका छन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख कृष्ण कोईराला संग टेलिफोन गर्दे सांसद साँवाले भने, ‘अनुसन्धानको हरेक उपाय अपनाएर भएपनि अपराधी सम्म छिट्टै पुग्न सक्नुहोस ।’
मंगलबार साँझ घरबाट निस्किएर राती अबेर सम्म पनि घर नर्फकिएपछि गोमनका आफन्त र छिमेकीले खोजी सुरु गरेका थिए । समाचार श्रोतका अनुसार परिवारका सदस्यले पौने ९ बजे फोन सम्पर्कको प्रयास गर्दा उनले प्रयोग गर्ने मोवायलको स्वीच अफ थियो । अरुबेला साँझ वा राती उनि एक्लै घर बाहिर ननिस्कीने गरेको पारिवारीक श्रोतले बताएको छ ।
घटनाको प्रगती विवरण प्रहरीले बाहिर ल्याएको छैन । श्रोतका अनुसार तीन जनालाई प्रहरीले सोधपुछका लागि निगरानीमा राखेको छ । प्रहरीको निगरानीमा रहेका तीनै जना मृतकका व्यवसायीक निकट मानिन्छन् । तर, प्रहरीले यस विषयमा औपचारिक रुपमा केहि बताउन चाहेको छैन । जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरिक्षक कृष्ण कोईराला भन्छन्, ‘अनुसन्धान हुदैछ । अपराधी नजिक प्रहरी नपुगुञ्जेल केहि बताउन सकिन्न ।’
गोविनशिंह गएको माघमा मात्र बहाराइनबाट नेपाल आएका थिए । उनि बहाराईनमा सुरक्षा फौजमा कार्यरत थिए । तीन महिनाका लागि बहराइएनबाट नेपाल आएपछि उनले विवाह पनि गरे । उनले नेपाल बसुञ्जेल सवार हुनका लागि मोटरसाईकल पनि खरिद गरेका थिए । परिवारश्रोतका अनुसार लकडाउनका कारण उनि नेपालमै थुनिएका हुन् ।