मेची अस्पतालका चिकित्सक आन्दोलनमा
भद्रपुर । मेची अंचल अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा कर्मचारीहरु आजबाट शान्तिपूर्ण आन्दोलनमा उत्रिएका छन् । पहिलो चरणमा अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीहरुले हातमा कालो पट्टी बाँधेर विरोध जनाएर काम गरेका छन् । सरकारले कोभिड १९ को उपचारमा खटिने चिकित्सक, स्टाफ नर्स , ल्याबमा काम गर्नेलाइ प्रोत्साहन भत्ता उपलब्ध गराउने भनेकोमा ५ महिना देखि भत्ता नपाएको गुनासो गरेका छन् ।
सामाजिक बिकास मन्त्रालय, प्रदेश न १, मेची अस्पताल बिकास समिति र जिल्ला प्रशासन कार्यालय झापामा जोखिम भत्ता १ सातामा उपलब्ध गराइदिन निवेदन दिएको र भाद्र २२ गतेसम्म सुनुवाई नभए २३ गतेदेखि ओपिडि र इमरजेन्सी सेवामा काम नगर्ने मेची अंचल अस्पतालका मेडिकल अफिसर डाक्टर अभिनास देवले बताए ।
पटक पटक प्रशासनमा जोखिम भत्ता उपलब्ध गराउन अनुरोध गर्दा पनि काम गर्ने मनोबल घटेको र बाध्य भई आन्दोलनमा ओर्लिनु परेको मेडिकल अफिसर डाक्टर नबिन उरावले बताए ।