जुस एण्ड लस्सी हाउस सञ्चालनमा
अर्जुनधारा । झापाको अर्जुनधारा–९ गोलधापमा जुस एण्ड लस्सी हाउस सञ्चालनमा आएको छ । वैदेशिक रोजगारीबाट फर्केका अर्जुनधारा–९ का युवा राजन नेपालले सोमवार हाउसको उद्घाटन गरेका हुन् । स्वदेशमै केही गरु भन्ने उदेश्यले नेपालले हाउस सञ्चालनमा ल्याएको बताए । नेपाल कम्युनिष्ट पार्टी प्रदेश नं। १ का अध्यक्ष देवराज घिमिरे तथा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले संयुक्त रुपमा हाउसको उद्घाटन गरेका थिए । ७ लाख रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको हाउसमा ३ जनाले प्रत्यक्ष रोजगारी पाउने नेपालले जानकारी दिए । हाउसमा फलफूलको जुस, लस्सी, कफिलगायतका सामाग्री पाइने उनले बताए ।
नेपालले केहि समय अघि अर्जुनधारा नगरले दिएको लस्सी तालिम लिएर त्यसको प्रेरणाले हाउस सञ्चालनमा ल्याएको बताए । कार्यक्रममा नगरका प्रमुख प्रशाशकीय अधिकृत पंकज भुर्तेल, पशु सेवा शाखाका प्रमुख पदम राई, कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोडका अध्यक्ष टसबहादुर प्रधानलगायतको उपस्थिति थियो ।