सात लाख बराबरको औवध औषधि बरामद

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गबाट करिब रू सात लाख बराबरको औवध औषधि बरामद गरिएको छ । भन्सार छलेर ल्याउँदै गरिएको ओरियन्स कम्पनीको उक्त मूल्य बराबरको ३ सय ७ वट्टा औषधि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार सोमबार दिउँसो दुई वटा मोटरसाइकल र एउटा स्कुटरमा सवार गरी आएका छ जना मानिसलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा औषधी फेला पारेको हो । बरामद गरिएको औषधी, मानिस तथा सवारी साधनहरु आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय बुझाइएको उहाँले बताउनुभयो । यसअघि प्रहरीले अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा मेचीनगरबाट करिब रू २० लाख बराबरको ओरियन्स कम्पनीको विभिन्न नामका औषधि समेत बरामद गरेको थियो ।