झापामा १४ जना सहित नेपालमा आज १०६९ जना संक्रमित थपिए
भद्रपुर । झापामा ४ जना महिलासहित १४ जनामा संक्रमण देखिएको छ । आज थपिएकासहित झापामा संक्रमितको संख्या ५ सय ९० पुगेको छ । दमक नगरपालिकामा ३ महिलासहित ९ जनामा संक्रमण देखिएको छ भने गारिगञ्जका एक पुरुष र बाह्रदशीका १ महिलासहित ४ जनामा संक्रमण देखिएको छ ।
झापामा संक्रमित मध्ये ४ सय २९ जना निको भएर फर्किएका छन् भने १ सय ४७ जना उपचारत रहेका, दुइ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
त्यसैगरी कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ भने १ हजार ६९ जना संक्रमित थपिएका छन् । महोत्तरीकी चार वर्षीया बालिकासहित अन्य दश जना पुरुषको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयको नियमित प्रेस सम्मेलन अनुसार १२ हजार ८८ जनामा गरिएको परीक्षणमा १ हजार ६९ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० हजार ५ सय २९ पुगेको छ ।