नेपालमा, आज ८९९ जना संक्रमित थपिए

काठमाडौँ । नेपालमा आज ८९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ८९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए । जसमा ३०३ महिला र ५५६ पुरुष रहेका छन् ।उनका अनुसार कोरोना संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । यस्तै मन्त्रालयका अनुसार आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । देशभरका संस्थागत आइसोलेसन १० हजार ७०१ जना र होम आइसोलेसनमा ७ हजार १२१ रहेका छन् । आजसम्म देशभर ७ हजार ३३७ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाबाट ११ हजार १२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ९३ हजार ४७२ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा जम्मा आइ। सी।यु मा १३२ र भेन्टिलेटरमा ११६ जना उपचाररत छन् ।

नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या २१ हजार ४१० पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ५८८ जना संक्रमण मुक्त भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।

नेपालमा कोरोना भाइरस संक्रमणाट आज थप ७ जनाको मृत्यु भएको छ । जसामा तीन जना महिला र चार जना पुरुष रहेका छन् । योसँगै हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २२८ पुगेको छ ।