सिपिएल क्रिकेट : सन्दीपले लिए दुई विकेट

क्यारेविनयन प्रिमियर लिग टी ट्वान्टी क्रिकेटमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तलावास पराजित भएको छ । गएराति ट्रिनिडाडमा भएको खेलमा तलावास, गुएना अमेजन वारियर्ससँग १४ रनले पराजित भएको हो । टस जितेर फिल्डीङ रोजेको जमैकाले गुएनाले दिएको १ सय १९ रनको लक्ष्य पच्छ्याउन असफल भएको हो । पुरै ओभर ब्याटिङ गर्दा जमैकाले ७ वीकेट गुमाएर १ सय ४ रन मात्रै बनाउन सक्यो । खेलमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै जमैकाबाट २ वीकेट लिएका छन् । सन्दीपले ४ ओभर वलिङ गर्दै ८ रन खर्चेर २ विकेट लिए पनि जमैका पराजित भयो । हारपछि २ अंक रहेको जमैका लिग अंकतालिकाको पाँचौ स्थानमा पुगेको छ ।