झापामा आज थपिए २० जना कोरोना संक्रमित

भद्रपुर । जिल्ला प्रहरी कार्यालय झापामा सरुवा भई आएका एक प्रहरीसहित झापामा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय झापामा सरुवा भइ ४ दिनअघि आएर क्वारेन्टिनमै बसेका प्रहरीमा कोरोना पोजेटिभ देखिएपछि उनलाई झापाले प्रहरी कार्यालयकै आइसोलेनमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उहाँका अनुसार कोरोना पोजेटिभ देखिएका प्रहरीलाई प्रहरीकै आइसोलेसनमा राखिएको छ । उनमा कोरोनाको कुनै लक्षण भने नदेखिएको बताइएको छ ।

झापामा मंगलबार २१ जनामा कोरोना संक्रमण पुष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा मात्रै १० जनामा कोरोना संक्रमण पुष्टी भएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । दमकमा एकमहिलासहित १० जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

यसैगरी झापा गाउँपालिकाका २ जना, मेचीनगरपालिकामा २, विर्तामोड, कनकाई , भद्रपुर, अर्जुनधारा नगरपालिकामा १÷१ जनामा संक्रमण देखिएको छ । यसैगरी कमल, बुद्धशान्ति गाउँपालिकामा १÷१ जनामा संक्रमण पुष्टी भएको जिल्ला स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिनुभयो । यसैबीच सुन्दर हरैचा गाउँपालिका घर भई जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत एकजना प्रहरीमा कोरोना पुष्टी भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।