एसईईको परीक्षाफल सार्वजनिक
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षाफल सार्वजनिक गरेको छ।
सोमबार अपरान्ह बसेको बोर्डको बैठकले एसईईको परीक्षाफल सार्वजनिक गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक रामराज खकुरेले जानकारी दिए ।
खकुरेलका अनुसार परीक्षामा सहभागी भएका चार लाख ७२ हजार ७८ जना विद्यार्थीको परीक्षाफल सार्वजनिक गरिएको छ ।
गत चैत ६ गतेदेखि सञ्चालन हुने गरी तय भएको एसईई परीक्षा कोरोना भाइरसको महामारी फैलिएपछि अन्तिम समयमा आएर स्थगित गरिएको थियो । कोरोना महामारीकै कारण परीक्षा नहुने भएपछि विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा परीक्षाफल सार्वजनिक गरिएको हो ।
परीक्षाको मूल्यांकन गरेर विद्यालयहरूले जिल्ला समन्वय इकाईमार्फत राष्ट्रिय परीक्षा बोर्डमा पठाएका थिए ।