कोरोनाले प्रदेश एकमा ८ जनाको मृत्यु नेपालमा २२ महिला सहित ९५ जनाको ज्यान गयो

कोरोनाले प्रदेश एकमा ८ जनाको मृत्यु नेपालमा २२ महिला सहित ९५ जनाको ज्यान गयो

भद्रपुर । कोरोना संक्रमणका कारण नेपालमा २२ महिलासहित कूल ९५ जनाको मृत्यु भएको छ । गएको २४ घण्टामा नेपालमा थप चार जनाको मृत्यु भएसंगै मृतकको संख्या ९५ पुगेको हो । बिहीवार पुष्टि गरिएका चार मृतकहरूमा तीन पुरुष र एक महिला रहेका छन् । क्षयरोग भएका महोत्तरीका ४५ वर्षीय पुरुषको साउन २५ गते, मुटुसम्बन्धी समस्या भएका अछामका १८ वर्षीय पुरुषको साउन २८ गते निधन भएको हो । त्यस्तै धनुषाका ८५ वर्षीया महिला र मोरङ्गका मधुमेह एवम् उच्च रक्तचापबाट पीडित ५७ वर्षीय पुरुषको साउन २८ गते सङ्क्रमणका कारण निधन भएको मन्त्रालयले जनाएको छ ।

२४ घण्टायता ५२५ जना कोरोनाका नयाँ बिरामी थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससंगै सङ्क्रमितहरूको सङ्ख्या २४ हजार ९५७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार अहिले ८,०२५ जनामा सक्रिय सङ्क्रमण छ भने १६,८३७ जना भाइरसमुक्त भएका छन् ।

प्रदेश १ मा बिहीवार ११५ जना कोरोना सङ्क्रमित थपिएका छन् । ८३ जना पुरुष र ३२ जना महिलामा संक्रमण देखिएको हो ।