गौरीगन्जमा २ सय ५० मा कोरोना परीक्षण

गौरीगञ्‍ज । गौरीगंज गाउँपालिका भित्रका ईच्छुक सर्वसाधारणले सस्शुल्क कोरोना परिक्षण गर्न पाउने भएका छन् । उद्योग वाणिज्य संघ गौरीगंजले आज विहिवार गाउँपालिकाका भित्रका सर्वसाधारणलाई २ सय ५० रूपैयाँमा कोरोना परीक्षण गरिदिने भएको छ । संघका अध्यक्ष मखना महतोका अनुसार कोरोना परीक्षणका लागि सर्वसाधारणले २ सय ५० रुपैयाँ र व्यापारीलाई ५ सय रुपैयाँ शुल्क तिर्नु पर्नेछ । संघले गाउँपालिका भित्रका इच्छुक सर्वसाधारण तथा व्यापारीलाई स्वाव परीक्षणका लागि विहान ७ बजे आउन वाणिज्य संघको कार्यालयमा सूचित गरेको छ ।

यो परीक्षणका लागि गाउँपालिकाको समेत सहकार्य रहेको महतोले बताएका छन् । स्वाव संकलन कार्यमा खटिने स्वास्थ्यकर्मी, परीक्षण कार्यमा गाउँपालिकाले समन्वय गर्ने र भिटिएमको व्यवस्थापन वाणिज्य संघले गर्ने संघका अध्यक्ष महतोले बताए । मोरङ र भारतीय सिमासंग जोडिएको गौरीगंज गाउँपालपका कोरोना भाईरसको उच्च जोखिम रहेको अवस्थालाई मध्यनजर गर्दै वाणिज्य संघले समुदायस्तरमा पीसीआर परीक्षण शुरू गरिएको अध्यक्ष महतोले बताए ।